सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि

काठमाडाैं | भदौ २१, २०८१

सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि

काठमाडौं:    स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दु नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य प्रति तोला रु एक हजार तीन सयले वृद्धि भएको छ । विहीबार प्रतितोला रु एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ ।

    
चाँदीको मूल्य तोलामा रु ३० ले वृद्धि भएको छ । विहीबार तोलामा रु एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ । 

पोखरा ।     गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

थप पढ्नुहोस्

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्